跳到主要內容

अन्य भाषाहरूमा सामग्री

नेपाली


अस्वीकरण

आर्थिक सचिवको कार्यालय (Financial Secretary’s Office, FSO)को वेबसाइटको नेपाली संस्करणमा चयन गरिएका उपयोगी जानकारी मात्र समावेश छन्। तपाईंले हाम्रो वेबसाइटको पूर्ण सामग्रीलाई अंग्रेजी, परम्परागत चिनियाँ वा सरलीकृत चिनियाँमा पहुँच गर्न सक्नुहुन्छ।

स्वागत सन्देश


CHAN Mo-po, Paulहङकङ एक अन्तर्राष्ट्रिय वित्तीय, यातायात र व्यापार केन्द्र हुनुको साथै एक अन्तर्राष्ट्रिय अफ्सोर रेन्मिन्बी (Renminbi) व्यापार केन्द्र र सम्पत्ति व्यवस्थापन केन्द्र (asset management centre) पनि हो। हामीले वित्तीय सेवाहरू, व्यापार र वाणिज्य, लजिस्टिक्स तथा पेशागत सेवाहरूको क्षेत्रहरूमा हामी विश्वव्यापी रूपमा उच्च प्रतिस्पर्धी छौं। हाम्रो निष्पक्ष र खुला व्यापार वातावरण, अत्यधिक कुशल बजार र कानूनको पूर्णता, हङकङमा एक जीवन्त र ऊर्जावान व्यापार क्षेत्रको गतिशिलता प्रदान गर्ने कारक भएको छ। हामीले हङकङमा व्यापारका लागि विदेशी र मुख्य भूमि चीनबाट ठूलो संख्यामा व्यापारिक संस्थाहरू र लगानीकर्ताहरूलाई आकर्षित गर्दै आएका छौं।

हङकङ एउटा खुला र सानो अर्थतन्त्र हो जसले विश्वभरबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ। हङकङको लागि हाम्रो राष्ट्रको विकासले ल्याएका प्रचुर अवसरहरूलाई सदुपयोग गर्न तथा थप आर्थिक सफलता हासिल गर्नको निम्ति हामीले "एक देश, दुई प्रणाली" को अनुपम लाभहरूका साथै विश्वव्यापी दृष्टिका साथ हाम्रो प्रतिभाले प्रचुर रुपमा भरिएको भण्डारलाई पूर्ण उपयोग गर्नुपर्छ।

हङकङको आर्थिक सचिवको हैसियतमा, समाजका विभिन्न स्तरबाट आउने मानिसहरूलाई आर्थिक उन्नतिबाट मिल्ने फाइदाहरू बाँड्न सक्षम बनाउन र युवाहरूका लागि गुणस्तरीय रोजगारीका थप विकल्पहरू दिलाउन म यहाँको अनुकूल व्यापार वातावरणलाई कायम राख्न, हाम्रा स्तम्भ उद्योगहरूको फाइदालाई सुदृढ गर्न र नयाँ बजारहरू खुला गरेर तथा नयाँ उद्योगहरूको पालनपोषण गरी हङकङको अर्थतन्त्रलाई विविधीकरण गर्न दत्तचित भएर लाग्ने छु।

म वित्तीय सन्तुलनता हासिल गर्न, विभिन्न सरकारी परियोजनाहरू सुरू गर्न लचिलो रूपमा सार्वजनिक स्रोतहरूलाई समर्पित गर्न, र समुदायको आवश्यकता अनुरूप सार्वजनिक सेवाहरू प्रदान गर्न तथा हङकङको सामाजिक र आर्थिक विकासलाई प्रवर्द्धन गर्न तर्फ लक्षित रहने छु। जग्गा आपूर्तिको विषयमा भन्नुपर्दा, मैले सम्बन्धित विभागहरूको नेतृत्व गरेर मिलेर काम गर्दै हाम्रा आर्थिक विकास, आवास र साथै जनताको जीविकोपार्जनमा सुधारका लागि आवश्यकताहरूलाई पूरा गर्न पर्याप्त जग्गा स्रोतहरू उपलब्ध गराउन कार्य गर्नेछु।

मेरो काममा तपाईंको विचार र सोचहरु बुझाउन इमेल वा अन्य च्यानल मार्फत मलाई सम्पर्क गर्न तपाईलाई स्वागत छ। धन्यवाद!

चान मो-पो, पल (CHAN Mo-po, Paul)

आर्थिक सचिव (Finance Secretary)

भूमिका


आर्थिक सचिव

आर्थिक सचिवको प्राथमिक जिम्मेवारी भनेको वित्तीय, मौद्रिक, आर्थिक, व्यापारिक, विकास, आवास, यातायात, लजिस्टिक्स, नवीनता र प्रविधिका साथै औद्योगिक मामिलाहरूको नीति तर्जुमा र कार्यान्वयनमा प्रमुख कार्यकारी (Chief Executive)लाई सहयोग गर्नु हो। आर्थिक सचिवले हङकङ मौद्रिक प्राधिकरण (Hong Kong Monetary Authority)को सहयोगमा एक्सचेन्ज कोष (Exchange Fund)मा नियन्त्रण अभ्यास गर्दछन् र कार्यकारी परिषद (Executive Council)को सदस्य हुन्छन्।

आर्थिक सचिवसँग सरकारी बजेट (Government Budget)को जिम्मेवारीमा रहेको हुन्छ र सार्वजनिक वित्त अध्यादेश (Public Finance Ordinance) अन्तर्गत प्रत्येक वर्ष सरकारको राजस्व र व्ययको अनुमानलाई विधान परिषद (Legislative Council) समक्ष पेश गर्न जिम्मेवार छन्। आर्थिक सचिवले वार्षिक बजेट भाषणमा दीगो आर्थिक विकासका लागि सरकारको दृष्टिकोण र नीतिहरूको रूपरेखा प्रस्तुत गर्दछन्, बजेट प्रस्तावहरू प्रस्तुत गर्दछन् र विनियोजन विधेयक (Appropriation Bill) पेश गर्दछन्, जस पश्चात् बजेटमा भएका वार्षिक खर्च प्रस्तावहरू कानुनी रुपमा लागू हुन्छन्।

उप-आर्थिक सचिव

उप-आर्थिक सचिवको प्राथमिक जिम्मेवारी भनेको अन्तर-ब्यूरो/विभागीय नीतिहरूको तर्जुमा र कार्यान्वयनमा समन्वय गर्नु तथा आफ्नो पदमा रहेको नीति ब्यूरोहरूको सुपरिवेक्षणमा आर्थिक सचिवलाई सहयोग गर्नु हो। उप-आर्थिक सचिवले कार्यकारी परिषद् (Executive Council)को सदस्यको रूपमा प्रमुख कार्यकारीलाई नीति निर्माणमा सहयोग गर्ने र मुख्य कार्यकारी तथा वित्त सचिवले निर्देशन दिए बमोजिम नीतिगत क्षेत्र वा परियोजनाहरूको नेतृत्व गर्ने जिम्मेवारी लिन्छन्।

उप-आर्थिक सचिवले विधान परिषद (Legislative Council)का अन्य सरोकारवालाहरू, जनताका सदस्यहरू र सञ्चारमाध्यमहरूलाई नीतिहरूको बारेमा विचारहरू प्रस्तुत गर्ने र व्याख्या गर्ने जिम्मेवारी दिन्छन्। यसको अतिरिक्त, आर्थिक सचिवले आफ्नो कर्तव्यहरू पूरा गर्न सक्षम नहुने अवस्थामा उप-आर्थिक सचिवलाई त्यस स्थानमा कार्य गर्ने अधिकार छ।

Photo

जीवनी


CHAN Mo-po, Paul   Financial Secretary (आर्थिक सचिव)

Chan Mo-po, Paul (चान मो-पो, पल) GBM, GBS, MH, JP

श्री चान एक प्रमाणित सार्वजनिक लेखापाल (Certified Public Accountant) हुनुहुन्छ। उहाँ हङकङ इन्स्टिच्युट अफ सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (Hong Kong Institute of Certified Public Accountants)का पूर्व अध्यक्ष हुनुहुन्छ।

सरकारमा सामेल हुनु अघि, श्री चानले विधान परिषद्का सदस्य र कानूनी सहायता सेवा परिषद्को अध्यक्ष लगायत धेरै सार्वजनिक सेवा पदहरू सम्हालेका थिए।

श्री चानले जुलाई 2012 देखि जनवरी 2017 सम्म विकास सचिव (Secretary for Development)को रूपमा काम गरे। उहाँ 2017 देखि आर्थिक सचिव (Financial Secretary) हुनुहुन्छ।

   
     
Wong Wai-lun, Michael   Deputy Financial Secretary (उप-आर्थिक सचिव)

Wong Wai-lun, Michael (वोंग वाई-लुन, माइकल), GBS, JP

श्री वोङ 1985 मा सरकारी प्रशासनिक सेवा (Administrative Service)मा सामेल हुनुभयो र 2017 मा प्रशासनिक अधिकारी कर्मचारी ग्रेड (Administrative Officer Staff Grade) A1 को दर्जामा पुग्नुभयो। उहाँले विभिन्न ब्यूरहरू र विभागहरूमा सेवा गर्नुभएको छ। उनी सन् २००९ मा सूचना सेवा निर्देशक (Director of Information Services), २०१४ मा मरिन निर्देशक (Director of Marine) र २०१५ देखि २०१७ सम्म विकास (योजना र भूमि) का स्थायी सचिव (Permanent Secretary for Development (Planning and Lands)) थिए।

श्री वोङले जुलाई 2017 देखि जुन 2022 सम्म विकास सचिव (Secretary for Development)को रूपमा काम गर्नुभयो। उहाँ 1 जुलाई 2022 मा उप-आर्थिक सचिव (Deputy Financial Secretary) नियुक्त हुनुभयो।


BrandHK | 香港品牌