हङकङ एक अन्तर्राष्ट्रिय वित्तीय, यातायात र व्यापार केन्द्र हुनुको साथै एक अन्तर्राष्ट्रिय अफ्सोर रेन्मिन्बी (Renminbi) व्यापार केन्द्र र सम्पत्ति व्यवस्थापन केन्द्र (asset management centre) पनि हो। हामीले वित्तीय सेवाहरू, व्यापार र वाणिज्य, लजिस्टिक्स तथा पेशागत सेवाहरूको क्षेत्रहरूमा हामी विश्वव्यापी रूपमा उच्च प्रतिस्पर्धी छौं। हाम्रो निष्पक्ष र खुला व्यापार वातावरण, अत्यधिक कुशल बजार र कानूनको पूर्णता, हङकङमा एक जीवन्त र ऊर्जावान व्यापार क्षेत्रको गतिशिलता प्रदान गर्ने कारक भएको छ। हामीले हङकङमा व्यापारका लागि विदेशी र मुख्य भूमि चीनबाट ठूलो संख्यामा व्यापारिक संस्थाहरू र लगानीकर्ताहरूलाई आकर्षित गर्दै आएका छौं।
हङकङ एउटा खुला र सानो अर्थतन्त्र हो जसले विश्वभरबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ। हङकङको लागि हाम्रो राष्ट्रको विकासले ल्याएका प्रचुर अवसरहरूलाई सदुपयोग गर्न तथा थप आर्थिक सफलता हासिल गर्नको निम्ति हामीले "एक देश, दुई प्रणाली" को अनुपम लाभहरूका साथै विश्वव्यापी दृष्टिका साथ हाम्रो प्रतिभाले प्रचुर रुपमा भरिएको भण्डारलाई पूर्ण उपयोग गर्नुपर्छ।
हङकङको आर्थिक सचिवको हैसियतमा, समाजका विभिन्न स्तरबाट आउने मानिसहरूलाई आर्थिक उन्नतिबाट मिल्ने फाइदाहरू बाँड्न सक्षम बनाउन र युवाहरूका लागि गुणस्तरीय रोजगारीका थप विकल्पहरू दिलाउन म यहाँको अनुकूल व्यापार वातावरणलाई कायम राख्न, हाम्रा स्तम्भ उद्योगहरूको फाइदालाई सुदृढ गर्न र नयाँ बजारहरू खुला गरेर तथा नयाँ उद्योगहरूको पालनपोषण गरी हङकङको अर्थतन्त्रलाई विविधीकरण गर्न दत्तचित भएर लाग्ने छु।
म वित्तीय सन्तुलनता हासिल गर्न, विभिन्न सरकारी परियोजनाहरू सुरू गर्न लचिलो रूपमा सार्वजनिक स्रोतहरूलाई समर्पित गर्न, र समुदायको आवश्यकता अनुरूप सार्वजनिक सेवाहरू प्रदान गर्न तथा हङकङको सामाजिक र आर्थिक विकासलाई प्रवर्द्धन गर्न तर्फ लक्षित रहने छु। जग्गा आपूर्तिको विषयमा भन्नुपर्दा, मैले सम्बन्धित विभागहरूको नेतृत्व गरेर मिलेर काम गर्दै हाम्रा आर्थिक विकास, आवास र साथै जनताको जीविकोपार्जनमा सुधारका लागि आवश्यकताहरूलाई पूरा गर्न पर्याप्त जग्गा स्रोतहरू उपलब्ध गराउन कार्य गर्नेछु।
मेरो काममा तपाईंको विचार र सोचहरु बुझाउन इमेल वा अन्य च्यानल मार्फत मलाई सम्पर्क गर्न तपाईलाई स्वागत छ। धन्यवाद!
चान मो-पो, पल (CHAN Mo-po, Paul)
आर्थिक सचिव (Finance Secretary)